रोहनको त्यो दिन: एक डिजिटल अपहरणको कथा

घटनाक्रम हेर्न स्क्रोल गर्नुहोस् वा बटनहरू प्रयोग गर्नुहोस्

०८:०५
रोहनले बिहानको खाजा खाए

रोहनले बिहानको खाजा खाए, कालो जिन्स, ठूलो सेतो टिसर्ट र खैरो ज्याकेट लगाए।

०८:३०
रोहनले बस चढे

रोहनले बसपार्क नजिकको पसलबाट चुइगम किने र नागपोखरी जाने बस चढे।

०९:४०
रोहन नागपोखरी पुगे

रोहन नागपोखरी पुगे।

०९:५७
रोहन स्टार मल पुगे

रोहन पुतलीसडकको स्टार मल पुगे। त्यहाँ उनलाई कार्यक्रम ढिलो सुरु हुने जानकारी दिइयो।

११:३०
कमेडी दरबार सुरु भयो

'कमेडी दरबार' कार्यक्रम सुरु भयो र सबैलाई फोन बन्द गर्न भनियो। रोहनले आफ्नो फोन बन्द गरे।

१२:००
ममतालाई भिडियो कल आयो

ममतालाई एक अपरिचित नम्बरबाट ह्वाट्सएपमा भिडियो कल आयो। कल गर्नेले आफूलाई प्रहरी बताउँदै, रोहनलाई अपहरण गरेको र १० लाख रुपैयाँ फिरौती माग्यो।

१२:२४
कल अन्त्य भयो

ममताले छिट्टै कल गर्छु भनेर २४ मिनेट लामो कल अन्त्य गरिन्।

१२:२६
ममताले श्रीमानलाई फोन गरिन्

ममताले आफ्नो श्रीमानलाई फोन गरिन्। तुरुन्तै, अपहरणकर्ताले फेरि कल गरेर छिटो पैसा मिलाउन धम्की दियो।

१२:४०
आफन्तलाई जानकारी

ममताले घटनको जानकारी आफन्तलाई दिइन्।

१३:१०
प्रहरीकहाँ जान सहमत

छिमेकीले सम्झाएपछि, ममता प्रहरीकहाँ जान सहमत भइन्।

१३:१७
प्रहरी वृत्त पुगे

ममता र छिमेकी प्रहरी वृत्त पुगे।

१३:२०
अपराध अनुसन्धान कार्यालय पुगे

ममताका अर्का आफन्त काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुगे।

१४:००
प्रहरीको टोली घरतर्फ

ममता काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय आउन ढिलो भएपछि प्रहरीको टोली उनको घरतर्फ अरू विवरण सङ्कन गर्न लाग्यो।

१४:१२
ममता टेकु पुगिन्

ममता टेकु प्रहरी कार्यालय पुगिन्। प्रहरीले उनीसँग सोधपुछ सुरु गरे।

१४:२०
प्रहरीको टोली स्टार मलतर्फ

रोहन 'कमेडी दरबार' हेर्न स्टार मल गएको हुनसक्ने जानकारी पाएपछि, प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गर्‍यो।

१४:५५
पहिलो सत्र सकियो

'कमेडी दरबार' को पहिलो सत्र सकियो। रोहनले दोस्रो सत्र पनि हेर्ने निर्णय गरे।

१४:५७
रोहनले फोन अन गरे

ब्रेकको समयमा रोहनले आफ्नो फोन अन गरे। तुरुन्तै उनलाई आमा ममताको फोन आयो र उनले आफू पुतलीसडकमा भएको जानकारी दिए।

१५:३०
प्रहरीले रोहनलाई लिएर आयो

प्रहरीले रोहनलाई स्टार मलबाट लिएर टेकु प्रहरी कार्यालयमा पुर्‍यायो।

१६:३०
रोहनलाई ममताको जिम्मा लगाइयो

सम्पूर्ण अनुसन्धान र प्रक्रियापछि, प्रहरीले रोहनलाई ममताको जिम्मा लगायो। यो घटना अपहरण नभई फोन ह्याक गरेर गरिएको एक स्क्याम भएको पुष्टि भयो।